नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
एकै दिन ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

एकै दिन ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, १८ साउन । देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु भने भएको छैन । त्यस्तै, थप ५५ हजार ५५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । 

३ Aug २०२२ , ४:४७pm
हाम्रो आवाज