नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
डुडुवा गाउँपालिका को १२ औं गाउँसभा बैठक स्थगित

डुडुवा गाउँपालिका को १२ औं गाउँसभा बैठक स्थगित

साउन २३, बाँके । गणपुरक सँख्या न पुगेकोले डुडुवा गाउँपालिका को १२औं गाउँसभा बैठक स्थगित भएको छ । नेकमा एमाले र जनता समाजबादी पार्टीबाट निर्वाचित बहुमत सदस्यहरु अनुपस्थित भएकाले गाउँसभाको प्रथम बैठक स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताएका छन ।

दिउँसो बोलाइएको बैठकमा बहुमत सदस्य उपस्थित नभएपछि साँझ ५ः३० बजे बैठक स्थागित भएको सूचना जारी गरिएको छ ।  

सभाको बैठकको जानकारी पाएका डुडुवाका जनताहरुले चासो लिएर उल्लेख्य सहभागिता जनाएका थिए । त्यस अवसरमा उपस्थित भएका गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले जनताका हितमा काम गर्ने भन्दै जनताको हित विपरीत कुनै पनि निर्णय नगर्ने स्पष्ट पारेका छन । 

गाउँसभा बस्न नसकेपछि गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७९र०८० का वार्षिक नीति तथा कार्यक्रम र बजेट समेत ल्याउन सकेको छैन । यसले योजना लगायतका कार्यक्रम प्रभावित भएको जनाइएको छ । 
 

८ Aug २०२२ , ५:१४pm
हाम्रो आवाज