नेपाली समय:

वि.सं २०८१ बैशाख ११   मंगलवार

EnglishEN
जापानमा प्रचण्डको राजनीतिक भेटवार्ता

जापानमा प्रचण्डको राजनीतिक भेटवार्ता

काठमाडौँ, २४ साउन । जापान भ्रमणमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता,तोसिहिरो निक्कइबीच भेटवार्ता भएको छ । 

लिवरल डेमोक्रेटिक पार्टीका पुर्व महासचिव, पुर्व अर्थ, व्यापार तथा  उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरोबीच पार्टी कार्यालय टोकियोमा भेटवार्ता भएको हो ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदानदेखि स्थानीय सहररनगरहरुबीच भगिनी सम्बन्धको विकास गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, भौतिक पुर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

९ Aug २०२२ , ४:०८pm
हाम्रो आवाज