नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत, भदौं १२ । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।

उनीहरुले आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन् । शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो ।

उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिएका हुन् ।  माओवादीले मन्त्री विष्ट र सिंहको ठाउँमा दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई सिफारिस गरेको छ । 

२८ Aug २०२२ , ४:१६pm
हाम्रो आवाज