
उच्च माध्यमिक तह कक्षा १२ को परिक्षा नतिजा आज सार्वजनिक हुने
भदौ १४, बाँके । उच्च माध्यमिक तह कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजा आज मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको बताइएको छ ।
नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको र बैठक बाट निर्णय अनुरूप कक्षा १२ को परिक्षा नतीजा सार्वजनिक गर्न लागिएको जनाइएको छ ।