नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा

टिकापुर, १९ भदौ । कैलालीको टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी हुनुभएको छ । सापकोटा पाँच सय ६५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले तीन सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गर्नुभयो । 

यसैगरी उपाध्यक्ष ९उद्योगतर्फ० मा सन्तोष खड्का, उपाध्यक्ष ९वाणिज्यतर्फ० मा कृष्ण उपाध्याय बजगाईँ, महासचिवमा नवराज रिमाल, सचिवमा  तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी हुनुभएको छ । निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार निर्वाचनमा एक हजार ३८ मत खसेको थियो । सङ्घका छ पदाधिकारीमध्ये अध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष र सचिवमा सापकोटा प्यानलका उम्मेदवार तथा उद्योगतर्फका उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार विजयी हुनुभएको छ । 

यसैगरी सदस्यहरुमा सापकोटा प्यानलका सात र स्वाँर प्यानलका एक जना  विजयी भएका छन् । सदस्यमा प्रकाश उपाध्याय तिमिल्सिना, पृथ्वीराज ढुङ्गाना, दुर्गा साहु, बमबहादुर वली, हेमन्त रावल र लालबहादुर चौधरी विजयी भएका छन् । महिला आरक्षित सदस्यमा स्वाँर प्यानलकी टीका शाही विजयी हुनुभएको छ । जनजातितर्फ जीतबहादुर चौधरी र दलिततर्फ माया बागदास यसअघि निर्विरोध भइसक्नुभएको छ । 

४ Sep २०२२ , ४:१५pm
हाम्रो आवाज