नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग

विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग

काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा थालनी भएको र यो क्रम नरोकिएकामा चिन्ता व्यक्त गरे ।

सांसद प्रधानले विद्यार्थी र पदाधिकारीबीच द्वन्द्व बढेको तथा विद्यार्थीले प्रश्न उठाउँदा मुद्दा लाग्ने अवस्था आएको पनि बताए । उनले राजनीतिक पूर्वाग्रह राख्ने पदाधिकारी नियुक्त गर्दा यसको साख गिर्दो भएकाले यस प्रकारको समस्या समाधान गरी विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न आग्रह गरे ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल नागरिकता विधेयकबारे राष्ट्रपतिबाट प्राप्त सुझावसहितको सन्देशलाई ग्रहण नगरिएकामा आपत्ति जनाए । उनले निर्वाचनको मिति घोषणा भइसकेपछि संसद्को बैठक चलाउनु नैतिकरुपमा उचित नहुने पनि धारणा रारे ।

४ Sep २०२२ , ४:३४pm
हाम्रो आवाज