नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
बढ़न थाले डेंगुका बिरामी

बढ़न थाले डेंगुका बिरामी

भदौ २३, बाँके । भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अहिले विचलन को अवस्था भने सिर्जना भएको छ। पहाडी जिल्लाहरूमा यसको प्रभाव भने अत्यधिक रूपमा देखिएको छ ।

जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेङ्गुको लक्षण देखिएको छ ।

डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा लिम्बूले बताउनुभयो । “अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ”, उहाँले भन्नुभयो, “अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ ।

८ Sep २०२२ , २:५४pm
हाम्रो आवाज