नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शैया भरिभराउ

दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शैया भरिभराउ

भदौँ २३, काठमाडौँ । भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् ।  जिल्ला अस्पतालका डा।आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् । जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिकांशमा डेङ्गुको लक्षण देखिएको छ ।

डेङ्गुका बिरामीका कारण अस्पताल आउने अन्य बिरामी भर्ना गर्न नसकिने अवस्था आएको डा। लिम्बूले बताए । “अरु बिरामी कहाँ राख्ने भन्ने समस्या भएको छ”, उनले भने, “अहिले डेङ्गुको जाँचका लागि किटको समस्या नभए पनि शय्याको समस्या देखिएको छ ।”

एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्येमा डेङ्गु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्ने लगायतका लक्षण देखिने गरेको डा।लिम्बू बताउँछन् ।

कैदीको उपचारमा समस्या

जिल्ला कारागारका कैदीबन्दीमा डेङ्गु भेटिएको छ । ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेङ्गु भेटिएको हो । अहिलेसम्म कारागारका सात जनामा डेङ्गु भेटिएको जिल्ला अस्पतालले जनाएको छ ।
कारागारमा डेङ्गुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताए । जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ । कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्राचार गरिएको उनले बताए । अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन् । उनले भने, ‘कारागारभित्र डेङ्गु नियन्त्रणका लागि प्रयास भइरहेको छ ।’ रासस

८ Sep २०२२ , ३:१२pm
हाम्रो आवाज