नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
श्रीलङ्का : सैतीस राज्य मन्त्रीद्वारा सपथ ग्रहण

श्रीलङ्का : सैतीस राज्य मन्त्रीद्वारा सपथ ग्रहण

कोलम्बो, २३ भदौ (रासस/सिन्ह्वा) ।श्रलिङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाइएको हो ।

सपथ खानेहमा सेहान सेमासिङ्घे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त हुनुभएको छ ।

उहाँहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्नुहुने बताइएको छ । 
सङ्कटग्रस्त श्रीलङ्कामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ । 

राष्ट्रपति रनिल विक्रमासिङ्घे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका सङ्केतहरू देखिए पनि अझै आर्थिक सङ्कट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन । 

८ Sep २०२२ , ३:२०pm
हाम्रो आवाज