नेपाली समय:

वि.सं २०८१ बैशाख ६   बिहीवार

EnglishEN
इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए

बग्दाद, २६ भदौ (सिन्ह्वा) । पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स ९आईएस० का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ ।

इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको विज्ञप्तिमा जानकारी दिएको छ ।  

इराकको पूर्वी प्रान्त दियालामा आईएसको लुकेको स्थानलाई लक्षितगरी भएको दुईवटा हवाई आक्रमणमा परी आतङ्ककारी मारिएका बताइएको छ  ।  
आइएस लुकेको ठाउँमा खोजी गर्ने क्रममा सशस्त्र बलहरुसँगको भिडन्तमा अर्को एक आईएस लडाकू मारिएका छन् ।  सेनाले तीनवटा मोटरसाइकल, विस्फोटक पदार्थ  नष्ट गरेको जनाएको छ ।

११ Sep २०२२ , ५:४६pm
हाम्रो आवाज