नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो

बैंकर्सको निर्णयले सेयर बजारमा पहिरो

काठमाडौं, भदाैँ ३१ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा चरम निराशा देखिएको छ । बजार पकम नेप्से परिसूचक करिब ४६ अंकले घटेको छ । आज नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले असोज महिनाको लागि व्याजदर बैंकहरू आफैले तोक्न सक्ने निर्णय गरेको थियो । एनबीएको यस्तो निर्णयपछि बैंकहरुले व्याजदर बढाउने अनुमानमा सेयर बजार घटेको एक लगानीकर्ताले बताए ।

परिसूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर ६ मिनेट जाँदासम्म) नेप्से परिसूचक ४५.७६ अंकले घटेको छ । तर, कारोबार रकम भने ९४ करोड रुपैयाँभन्दा बढीको छ । 
सो अवधिसम्ममा सबै उपसूचक घटेका छन् । ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स २.२८ प्रतिशतले घटेको छ ।

१५ Sep २०२२ , १:५२pm
हाम्रो आवाज