नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडौँ, ११ भदौ । कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट ९उडान० पुुनः सुरु भएको छ । 

कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको  पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । उक्त उडानमा नेपालीका लागि रु १५ हजार र विदेशीका लागि २३० अमेरिकी डलर भाडादर निर्धारण गरिएको छ । हरेक दिन बिहान ६ः३० बजेदेखि  थालिने माउन्टेन फ्लाइटको उडान अवधि ५० मिनेटको हुने जनाइएको छ ।
 

२७ Sep २०२२ , १:०७pm
हाम्रो आवाज