नेपाली समय:

वि.सं २०८१ बैशाख १२   बुधवार

EnglishEN
निर्वाचन आचारसंहिता आजदेखि कार्यान्वयनमा

निर्वाचन आचारसंहिता आजदेखि कार्यान्वयनमा

असोज १२, बाँके । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि  निर्वाचन आयोगले मंगलबार मध्यरातदेखि आचारसंहिता लागु गरेको छ । 

आयोगले एक महिनाअघि राजपत्रमा प्रकाशित गरेको आचारसंहिता कार्यान्वयनमा ल्याउँदै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको १७ दिन अघिबाट मात्र प्रचार गर्न समय दिएको हो।

मतदानको दुई दिन अघिबाट मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरूले प्रचारप्रसारका लागि १५ दिनको मात्रै समय पाउने छन्।

आयोगले कार्यान्वयनमा ल्याएको आचारसंहितामा २५ जनाभन्दा बढीको समूहमा घरदैलो गर्न रोक लगाइएको छ। यसका साथै जारी आचारसंहिताले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न सरकारलाई पनि रोक लगाएको छ ।

२८ Sep २०२२ , ३:३०pm
हाम्रो आवाज