नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
सर्वोच्च अदालत दसैँमा ११ देखि ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत दसैँमा ११ देखि ३ बजेसम्म खुल्ने

काठमाडौँ, १२ असोज । सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्दी प्रत्यक्षीकरण रिट हेर्न उक्त समय अदालत खुला हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिबार र विजयादशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ हुनेछ ।


 

२८ Sep २०२२ , ३:४६pm
हाम्रो आवाज