नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN

काठमाडौँ, १२ असोज । सेयर बजारमा ‘फेष्टिभ मुड’ देखिएको छ । नेपालीको ठूलो चाडपर्व मध्येको दशैं सुरु भएकोले लगानीकर्ता निस्क्रिय भएका छन् । यसैकारण कारोबार रकम घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंकमा पुगेको छ । परिसूचक सामान्य रुपमा बढेको भएपनि कारोबार रकम भने उत्साहजनक छैन । आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँ बराबरका १३ लाख ७० हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।

नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोको सेयर मूल्य ९.२ प्रतिशतले बढेको छ । यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको ८.१९, सपोर्ट माइक्रोफाइनान्सको सेयर ७.८ र न्यादी हाइड्रोपावरको सेयर मूल्य ५.३९ प्रतिशतले बढेको छ ।

बढेको बजारमा पनि केही समुहका सूचक भने घटेका छन् । नेप्सेले दिएको जानकारी अनुसार ट्रेडिङ समुहको सूचक ४.३६ अंकले, फाइनान्स समुहको सूचक ३.८९ अंकले, अन्य समुहको सूचक २.९४ अंकले र म्युचुअल फण्ड समुहको सूचक ०.०६ अंकले घटेका छन् । अन्य समुहका सूचक भने बढेका छन् ।

२८ Sep २०२२ , ३:५४pm
हाम्रो आवाज