नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

काठमाडौँ, १३ असोज । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले बढ्दै १८५३.७६ अंकमा उक्लिएको हो । तर, सूचकमा वृद्धि भएपनि सेयर कारोबार भने ६३ करोडमा नै सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार यस दिन कुल १७ लाख ९१ हजार ४८० कित्ता सेयर बजारमा १४ हजार २९८ पटक किनबेच हुँदा जम्मा ६३ करोड २४ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।  आज जीवन बीमा बाहेकका सबै उपसूचक धनात्मक भएका छन् ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.६५ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूह १.४३ प्रतिशतले, म्युचुअल फन्ड १.२६ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह १.१९ प्रतिशतले र बैंकिङ समूह १.०३ प्रतिशतले बढेको छ । अन्य समूह भने १ प्रतिशत भन्दा कमले वृद्धि भएका छन् । 

आज सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने सामलीङ पावर कम्पनीका सेयरधनीले ७.९४ प्रतिशतले गुमाएका छन् ।

२९ Sep २०२२ , ४:५४pm
हाम्रो आवाज