नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
देशभर १०७७ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

देशभर १०७७ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

काठमाडौँ, १३ असोज । हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको हो । 

सोही अवधिमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्युदर शून्य रहेको छ । 


 

२९ Sep २०२२ , ५:००pm
हाम्रो आवाज