नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
झापा ५ को मतगणना शुरु

झापा ५ को मतगणना शुरु

गौरादह, ५ मङ्सिर । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ । 

झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।

२१ Nov २०२२ , १:४७pm
हाम्रो आवाज