नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
काठमाडौँ ९ : एमालेका श्रेष्ठको अग्रता

काठमाडौँ ९ : एमालेका श्रेष्ठको अग्रता

काठमाडौँ, ६ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र ९ को  मत गणना जारी रहेको छ ।  पछिल्लो मतपरिणाम अनुसार   नेपाल कम्युनिष्ट पार्टी ९एमाले०कृष्ण गोपाल श्रेष्ठ आठ हजार आठ सय ३५ मतले अग्रस्थानमा हुनुहुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले सात हजार सात सय ७४ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले चार हजार आठ सय ३२ मत प्राप्त गर्नुभएको छ । 

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार पछिल्लो मतगणनासम्म ३१ हजार सात सय ७२ मत गणना भएको छ । सो मध्ये  एक हजार तीन सय आठ मत बदर भएको छ । 
 

२२ Nov २०२२ , ११:२७am
हाम्रो आवाज