नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
सुर्खेतको सिम्तामा पुनःमतदान जारी

सुर्खेतको सिम्तामा पुनःमतदान जारी

कर्णाली, ६ मङ्सिर । मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । 

सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिनुभयो । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि उक्त मतदानस्थलका तीनवटा केन्द्रको मतदान  आइतबार रद्द गरिएको थियो ।

स्थगित मतदान केन्द्रको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । अहिलेसम्म दुई सय ५० मत खसेको मतदान अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार उक्त मतदानस्थलका तीन मतदान केन्द्र गरी दुई हजार नौ सय २६ मतदाता सङ्ख्या रहेको छ । 
 

२२ Nov २०२२ , ११:३२am
हाम्रो आवाज