नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
बर्दिया २ मा स्वतन्त्रका लालवीर  चौधरी विजयी

बर्दिया २ मा स्वतन्त्रका लालवीर चौधरी विजयी

मधुवन, ७ मङ्सिर । बर्दिया क्षेत्र नं। २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो  । 

यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभयो भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गर्नुभयो  । विजयी चौधरी रेशम चौधरीका बुबा हुनुहुन्छ । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।  क्षेत्र नं। २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।


 

२३ Nov २०२२ , ४:४३pm
हाम्रो आवाज