नेपाली समय:

वि.सं २०८१ बैशाख १५   शनिवार

EnglishEN
डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

डोटी प्रदेशसभा १ मा मल्ल र २ मा ओली विजयी

डोटी, ७ मङ्सिर । डोटी जिल्ला प्रदेशसभा १ मा नेकपा (एमाले)का नेता चक्र मल्ल र २ मा नेकपा (माओवादी केन्द्र)का नेता शिव सिंह ओली विजयी हुनुभएको छ । 

प्रदेशसभा १ तर्फ लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई चार सय ५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । विजयी उम्मेदवार मल्लले १५ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका सिंहले १४ हजार आठ सय २९ मत पाउनुभएको छ । 

अर्का उम्मेदवार हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले पाँच सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले सात सय ५५ मत प्राप्त गर्नुभएको छ । 

यहाँ ३३ हजार तीन सय २२ मत खसेको थियो । एक हजार नौ सय १९ मत बदर भएको छ ।

प्रदेशसभा २ तर्फ लोकतान्त्रिक वाम गठबन्धनकातर्फबाट माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज शिवा सिं ओलीले एमाले उम्मेदवार टेक बमलाई नौ सय १९ मतले पछि पार्दै विजयी हुनुभएको छ । 

विजयी ओलीले १४ हजार ४७ मत प्राप्त भएका गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी बमले १३ हजार एक सय २८ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताउनुभयो  । यस क्षेत्रमा तीनजना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । अर्का उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन बमले एक हजार तीन सय २७ प्राप्त गर्नुभयो । यहाँ ३० हजार दुई सय ३४ मत खसेको थियो । एक हजार ३२ मत बदर भएको छ ।

२३ Nov २०२२ , ४:४५pm
हाम्रो आवाज