नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कैलाली ३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली ३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

अतरिया, ७ मङ्सिर । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित हुनुभएको छ । 

साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी हुनुभएको हो ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी हुनुभएको हो । 

धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गर्नुभयो ।

२३ Nov २०२२ , ४:५०pm
हाम्रो आवाज