नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
 कञ्चनपुर १ ९२० मा कांग्रेसका विष्ट निर्वाचित

 कञ्चनपुर १ ९२० मा कांग्रेसका विष्ट निर्वाचित

दोधारा चाँदनी, ८ मङ्सिर । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा ९२०मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार विष्टले नौ सय १७ मतान्तरले प्रतिस्पर्धी नेकपा ९एमाले०का उम्मेदवार पल्लबराज भट्टलाई पराजित गर्दैै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विष्टले आठ हजार पाँच सय २० मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका भट्टले सात हजार छ सय तीन मत पाउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार टेकबहादुर साउदले पाँच हजार सात सय १३ मत प्राप्त गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीका काली चौधरीले पाँच हजार पाँच सय २ मत प्राप्त गर्नुभएको छ । जम्मा ४९ हजार चार सय ५८ मतदाता रहेको यो क्षेत्रमा ३१ हजार छ सय ४२ मत खसेको थियो । जसमा एक हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

२४ Nov २०२२ , १२:५४pm
हाम्रो आवाज