नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी

डडेल्धुरा, ८ मङ्सिर । डडेल्धुरा प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वमन्त्रीसमेत रहनुभएका नेकपा ९एमाले०का पठानसिंह बोहरालाई दुई हजार नौ सय १७ मतले पराजित गर्नुभएको छ । बोहराले नौ हजार एक सय ९५ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार महेशसिंह धामीले एक हजार सात सय ५४, राप्रपाका पदमराज जोशीले सात सय ६२ मत पाउनुभएको छ । जम्मा २५ हजार तीन सय ६१ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको छ ।

भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका दाबेदार पनि हुनुहुन्छ । विभिन्न चुनावीसभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भट्ट निर्वाचित भए मुख्यमन्त्री बन्ने बताउँदै आउनुभएको थियो ।

भट्ट विसं २०६४, २०७० र २०७४ मा सङ्घीय निर्वाचन लड्नुभएको थियो । तीनवटै निर्वाचनमा उहाँ कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग पराजित हुनुभएको थियो । यसपटक गठबन्धनका कारण भट्टलाई कांग्रेसको पनि साथ रहेको थियो भने प्रदेशसभा ९२० मा स्वतन्त्र उमेदवार डा तारा जोशी अगाडि हुनुहुन्छ । उहाँले गठबन्धनबाट उमेदवार रहनुभएका नेपाली कांग्रेसका गोविन्दराज बोहरालाई पछाडि पार्नुभएको छ । डा जोशीको १० हजार पाँच सय मत आउँदा बोहराको भने नौ हजार आठ सय ८१ मत छ । बोहरा जोशीभन्दा छ सय ६८ मतले पछाडि पर्नुभएको छ ।

२४ Nov २०२२ , १:१३pm
हाम्रो आवाज