नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको जित

चितवन क्षेत्र नं २ मा रवि लामिछानेको जित

चितवन, ८ मङ्सिर । चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार २६४ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । 

उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गर्नुभएको छ । सोही क्षेत्रमा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गर्नुभएको थियो ।

यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो  जसमा ३ हजार २५० बदर भएको थियो । लामिछानेलाई निकटतम् प्रतिस्पर्धी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले बधाई दिनुभएको छ । सो क्रममा लामिछानेले छलफल गरी आफू अघि बढ्ने बताउनुभयो ।

२४ Nov २०२२ , १:१८pm
हाम्रो आवाज