नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयीे

कांग्रेसका चौधरी प्रतिनिधिसभामा विजयीे

सप्तरी १० मङ्सिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचति हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर४, सप्तरीले जनाएअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गर्नुभयो । 

गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत चौधरी यस क्षेत्रबाट विजयी हुनुभएको थियो । यो नतिजा आएसँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक÷एक स्थानमा विजयी भएको छ । प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९एस० र स्वतन्त्रले एक÷एक सदस्यमा जित हासिल गरेको छ ।

२६ Nov २०२२ , ९:५६am
हाम्रो आवाज