नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

काठमाडौँ, १२ मङ्सिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ हजार एक सय ६४ अर्थात् खसेको मतको ८४ दशमलव ८२ प्रतिशत मतगणना भइसकेको छ  । 

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो ।

 प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ स्थानमध्ये हालसम्म एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

२८ Nov २०२२ , १:५३pm
हाम्रो आवाज