नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
लिखित जवाफ सहित हाजिर हुन नेपालगन्ज उपमहानगरपालिका लाई राष्ट्रिय सुचना आयोग को निर्देशन

लिखित जवाफ सहित हाजिर हुन नेपालगन्ज उपमहानगरपालिका लाई राष्ट्रिय सुचना आयोग को निर्देशन

मंसिर -१७, बाँके | असलम खान

न्यायिक समिति मा महिला सहभागिता शुन्य रहेको कारण सहित  सुचना प्राप्ति सम्बन्धी विषय लाई लिएर राष्ट्रिय सुचना आयोग मा दिइएको उजुरीलाई मध्यनजर गर्दै सात दिन भित्र लिखित जवाफ सहित पेश हुन नेपालगन्ज उपमहानगरपालिका लाई 'राष्ट्रिय सुचना आयोग' ले निर्देशन दिएको छ । 

 

नेपालगन्ज उमहानगरपालिका अन्तर्गत गठित न्यायिक समिति मा महिला सहभागिता शून्य रहेको विषय लाई लिएर  उपमहानगर पालिका का सुचना अधिकारी समक्ष अधिकारकर्मी तथा "नेपाल इक्रा एजुकेशनल फाउण्डेशन" संस्थाका अध्यक्ष 'शक्ति कुमार वंशकार'  ले न्यायिक समिति मा महिला सहभागिता शून्य रहेको कारण सहित सुचना प्राप्ति को लागि निवेदन दर्ता गराएका थिए।

 

तर सूचना अधिकारी समक्ष निवेदन दिँदा कुनै प्रकार को सुचना प्राप्त नहुँदा सुचना को हक सम्बन्धी ऐन २०६४ को दफा ९ बमोजिम कार्यालय प्रमुख समक्ष उजुरी दिँदा समेत सुचना दिन अस्वीकार गरेमा र तथ्य मा आधारित सुचना नदिएको खण्ड मा सुचना को हक सम्बन्धी ऐन २०६४ को दफा १० बमोजिम राष्ट्रिय सुचना आयोग मा उजुरी दिएको उजुरी कर्ता 'शक्ति कुमार वंशकार' ले बताएका छ्न।

 

उजुरी कर्ता 'शक्ति कुमार वंशकार' ले नेपालगन्ज उपमहानगरपालिका नागरिक अधिकार जस्तो सम्वेदनशील विषय मा गम्भीर र जवाफदेही नभएको जिकिर समेत गरेका छन । 

 

                       

३ Dec २०२२ , ९:३७am
हाम्रो आवाज