नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ

ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ

धनुषा, १४ पुस । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उहाँलाई आज शपथ गराउनुभएको हो । नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ ९१० बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ । 

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।
ज्येष्ठ सदस्य न्यौपानेले भोलि ९शुक्रबार० बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहणपछि ज्येष्ठ उहाँले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो । 

२९ Dec २०२२ , ४:३६pm
हाम्रो आवाज