नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

अत्तरिया, १४ पुस । कैलालीमा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । 

गौरीगङ्गा नगरपालिका–५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हिलोमा फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा गौरीगङ्गा–४ बस्ने  २२ वर्षीय गणेश चौधरीको मृत्यु भएको हो । 

चौधरीलाई गाडीको बिचको टायरले च्यापेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताउनुभयो ।
 

२९ Dec २०२२ , ४:४२pm
हाम्रो आवाज