नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
प्रदेश १ मा सरकार गठन गर्न आह्वान

प्रदेश १ मा सरकार गठन गर्न आह्वान

विराटनगर, १७ पुस । प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको हो ।

पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी गरिएको पत्रमा उल्लेख छ । 

प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक प्रदेशसभा सदस्य छन् । त्रियानब्बे सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

१ Jan २०२३ , ३:४३pm
हाम्रो आवाज