नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
कैदी स्थानान्तरण

कैदी स्थानान्तरण

चितवन, २० पुस । कारागार कार्यालय चितवनका कैदीबन्दीको चाप बढेसँगै कारागार प्रशासनले १५ महिला कैदीबन्दीलाई स्थानान्तरण गरेको छ । उनीहरुलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको हो ।
कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २५ कैदीबन्दीको क्षमता रहेको महिला कैदीबन्दी गृहमा ६८ जना पुगेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो । योसँगै अहिले यहाँको महिला कैदीबन्दी गृहमा ५२ जना रहेका छन् । उनीहरुसँग चारजना आश्रित बालबालिका छन् ।  उनीहरुलाई पुस १२ गते स्थानान्तरण गरिएको उहाँले बताउनुभयो ।

 भीमफेदी कारागारमा महिलाका लागि नयाँ कैदीबन्दी गृह बनेसँगै उनीहरुलाई स्थानान्तरण गरिएको हो । यस अघि मकवानपुरमा महिला कैदीबन्दी गृह थिएन । जसका कारण त्यहाँबाट कारागार कार्यालय चितवन पठाउने गरिन्थ्यो । कारागार कार्यालय चितवनमा अहिले सात सय २८ पुरुष कैदीबन्दी छन् । दुई सय ५५ जनाको क्षमता रहेको यस पुरुष कैदीबन्दी गृहमा कैदीबन्दीको चाप उच्च रहेको छ । 

छिमेकी जिल्ला नवलपुरमा कारागार कार्यालय नहुँदा त्यहाँका कैदीबन्दीसमेत यहाँ आउने भएकाले चाप बढेको हो । पुरुष कैदीबन्दीको चाप बढेसँगै केही महिना अघि ५५ जनालाई स्थानान्तरण गरिएको थियो । चिसो बढेसँगै कारागारमा रहेका कैदीबन्दीमा रुघा खोकीको समस्या देखिएको भए पनि आन्तरिक रुपमा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।  

४ Jan २०२३ , ५:२४pm
हाम्रो आवाज