नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
प्रदेश १ को उपसभामुख निर्वाचन आज

प्रदेश १ को उपसभामुख निर्वाचन आज

मोरङ, ३० पुस । प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।

प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र)को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक  सदस्य गरी ९३ सदस्य रहेका छन् । 

१४ Jan २०२३ , १:३८pm
हाम्रो आवाज