नेपाली समय:

वि.सं २०७९ माघ १७   मंगलवार

EnglishEN
तुलसीपुरमा लेखापालको तलब बढ्यो

तुलसीपुरमा लेखापालको तलब बढ्यो

तुलसीपुर, ८ माघ । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी रु दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले रु २० हजार पाँच सय तलब पाउनेछन् । यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब रु १८ हजार पाँच सय थियो ।

तुलसीपुर नगर विकासको पूर्णता

तुलसीपुर नगर विकास समितिले पूर्णता पाएको छ । उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का पदेन अध्यक्ष रहने उक्त समितिको सदस्यमा नागरिक समाज दाङका पूर्वध्यक्ष टीकाराम रेग्मी, एमाले नेता सपना भण्डारी बस्नेत, विज्ञ सदस्यमा डा नहकुल केसी र मधुकराज भण्डारीलाई मनोनित गरिएको हो । उहाँहरूको मनोनितसँगै नगर विकास समितिले पूर्णता पाएको छ । 

तुलसीपुर उपमहानगरपालिकाको नगरसभा माघ २० गते बस्ने भएको छ । १२औँ नगरसभा बैठक यही माघ २० गते बस्ने निर्णय भएको हो । 

२२ Jan २०२३ , ८:०४am
हाम्रो आवाज