नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

धनुषा, १३ माघ । मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गर्नुभएको छ । बिहिबार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्नुभएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएका नेकपा ९एमाले० मधेस प्रदेशको संसदीय दलका नेतासमेत रहनुभएका मन्त्री सरोजकुमार यादवले मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मधेसको विकासका लागि हरेक जिल्ला तथा पालिकालाई सडक सञ्जालसँग जोड्न मधेसको गौरव आयोजनाका रुपमा मधेस लोकमार्गलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले पछिल्लो सरकारको पालामा भएका राम्रा कामको समिक्षाका साथै बाँकी योजनाका विषयमा योजना बनाएर काम गर्ने बताउनुभयो । 

आज नै जनमत पार्टीका मन्त्री बसन्त कुशवाहाले पनि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभयो । जनमत पार्टीले किसान आन्दोलन गरेको स्मरण गर्दै उहाँले किसानहरुको समस्या समाधानमा आफूले प्राथमिकताका साथ काम गर्ने जनाउनुभयो । यसका लागि मधेस प्रदेशमा किसान कार्ड लागू गर्ने योजना रहेको मन्त्री कुसाहाले बताउनुभयो ।

२७ Jan २०२३ , २:५८pm
हाम्रो आवाज