नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
नयाँ गृहमन्त्रीका विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

नयाँ गृहमन्त्रीका विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

काठमाडौँ, १५ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

नयाँ गृहमन्त्री र राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उनीहरुबीच छलफल भएको बताइएको छ । सर्वोच्च अदालतले शुक्रबार रवि लामिछानेलाई गैरनागरिक ठहर गरेछि गृहमन्त्री पद रिक्त छ । लामिछानेले सर्वोच्चको फैसलासँगै उपप्रधान तथा गृहमन्त्रीबाट शुक्रबार नै राजीनामा दिएका थिए । आज उनले नागरिकता पुनः प्राप्ति गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमा दाबी गर्ने बताएका थिए । 

यस्तै बैठकमा फागुन २८ भित्र हुने राष्ट्रपति निर्वाचनका सन्दर्भमा पनि छलफल भएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् भने एमाले अध्यक्ष ओली विपक्षमा । राष्ट्रपतिमा एमालेको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुन सक्ने उनको भनाइ छ ।

२९ Jan २०२३ , ५:३१pm
हाम्रो आवाज