नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालद्वारा शपथ

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालद्वारा शपथ

मकवानपुर, १६ माघ । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आज यहाँ पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ता नेपाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
 
नेपालले प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित एक समारोहबीच मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम शपथ ग्रहण गर्नुभएको प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अन्य मन्त्रीहरु उपस्थित थिए । मुख्यमन्त्री जम्मकट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । 

३० Jan २०२३ , ४:०७pm
हाम्रो आवाज