नेपाली समय:

वि.सं २०८० चैत्र १५   बिहीवार

EnglishEN
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत

काठमाडौँ, २ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ । प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ । 

महासङ्घले आज विज्ञप्ति जारी गर्दै सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ । सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ । 

महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ ।

१४ Feb २०२३ , ७:५६pm
हाम्रो आवाज