
पाँचथरमा आगलागीमा परेर दुई जना बालकको मृत्यु
पाँचथर, फागुन १२ । पाँचथर जिल्लाको हिलियाङ–७ मा आगलागीमा परेर दुई जना बालकको मृत्यु भएको छ । घरका ठुलाबडाहरू घर बाहिर रहेका बेला आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
आगलागीमा परेर ५ वर्षीय सेसेयाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको डिएसपी हरि खतिवडाले बताए । फिदिम घर भएका खाती मामाघर आएको बेला सो घटना भएको खतिवडाको भनाई छ ।
दिउँसो साढे ४ बजेतिर घरमा आगलागी भएको उनले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन ।