नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
बम विस्फोटमा उत्तरपश्चिम पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

बम विस्फोटमा उत्तरपश्चिम पाकिस्तानमा २ जनाको मृत्यु, ३ घाइते

इस्लामावाद, २१ फागुन, (सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार भएको बम विस्फोटमा परी दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् ।
सो विस्फोट बानु जिल्लामा भएको  हो ।  विस्फोटक पदार्थले भरिएको मोटरसाइकल शान्ति मिलिशियाका सदस्यको गाडीसँग ठोक्किदा सो दुर्घटना भएको हो । अज्ञात आतङ्ककारीहरूले रिमोट कन्ट्रोल यन्त्रद्वारा बम विस्फोट गराएको स्रोतले बताएको छ  । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
अहिलेसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको दाबी गरेका छैनन्।

५ Mar २०२३ , ७:१४pm
हाम्रो आवाज