नेपाली समय:

वि.सं २०८१ बैशाख ८   शनिवार

EnglishEN
फिलिपिन्सका गभर्नरको हत्यामा संलग्न तीन जना पक्राउ

फिलिपिन्सका गभर्नरको हत्यामा संलग्न तीन जना पक्राउ

फिलिपिन्स, २१ फागुन (रासस/एएफपी) । फिलिपिन्सका एक प्रान्तीय गभर्नर र अन्य आठ जनाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । अर्को संदिग्धको गोली हानाहानमा मृत्यु भएको छ ।

फिलिपिन्सको उखु खेती गर्ने केन्द्रमा शनिबार भएको भीषण आक्रमणमा परी १७ जना घाइते भएका छन् । सैनिक  पोशाक लगाएका कम्तीमा छ बन्दुकधारीले मध्य प्रान्त नेग्रोस ओरिएन्टलको पाम्प्लोना नगरपालिकाको गभर्नरको घरमा गोली चलाएको थियो ।

गभर्नर रोएल डेगामो फिलिपिन्सका स्थानीय राजनीतिज्ञहरूमाथि भएको आक्रमणको पछिल्लो शिकार बन्नु भएको छ ।
गिरफ्तार गरिएका तीन संदिग्ध मध्ये दुई जना पूर्व सैनिक थिए जसलाई धेरै वर्ष पहिले अपमानजनक रूपमा सेनाबाट निकाला गरिएको थियो ।  फिलिपिन्स सेनाले एक विज्ञप्तिमा जानकारी दिएका छन् ।

 चौथो संदिग्ध शनिवार राती एक वृक्षारोपणमा गोली हानाहानमा मारिएको प्रहरी प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जेरार्ड पेलारेले पत्रकारहरूलाई बताउनु भएको छ ।

५ Mar २०२३ , ७:१८pm
हाम्रो आवाज