नेपाली समय:

वि.सं २०८१ बैशाख ४   मंगलवार

EnglishEN
श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

जुम्ला, २८ फागुन । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भन्नुभयो । 

१२ Mar २०२३ , १:३७pm
हाम्रो आवाज