नेपाली समय:

वि.सं २०८१ बैशाख १३   बिहीवार

EnglishEN
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह

काठमाडौं, ९ चैत । चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९निफ० का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । निफको समापन समारोहमा उहाँले भन्नुभयो, “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।” 

विदेशमा प्रसिद्ध चलचित्रकर्मीलाई निर्णायक मण्डलमा राखेर हाम्रो काम देखाउने गरेको भन्दै उहाँले भन्नुभयो, “उहाँहरूले प्रतिस्पर्धामा हाम्रो चलचित्रलाई अवार्ड दिनुभएको छ”, अध्यक्ष पाठकले भन्नुभयो, “यस्ता महोत्सवमा नेपाल सरकारले सहयोगको दायरा बढाएमा सातै प्रदेशमा कार्यक्रम गरेर मौलिकता र स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्न सकिन्छ । 

आफूहरुले विश्वबाट धेरै चलचित्रकर्मी ल्याएर आफ्नो कथा सुनाएर लगानी गर्ने वातावरणसमेत बनाउने कोसिस गरिरहेको भन्दै अध्यक्ष पाठकले यस्तो कार्यमा राज्यको साथ चाहिने बताउनुभयो ।

उहाँले नेपालबाट बाहिरिने विमानमा नेपाली चलचित्र राख्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो । यसो भएमा नेपाली चलचित्र निर्माता लाभान्वित हुनुका साथै पर्यटन प्रवरद्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो । “हामीले देशमा आउँदा वा छोडेर जाँदा विदेशी चलचित्र हेर्छौँ । हाम्रै हेर्ने वातावरण भएमा यसले देशको पर्यटनमा टेवा पु¥याउँछ । अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

यही चैत २ देखि ६ गतेसम्म काठमाडौँ चलेको निफमा ३५ देशको ९५ प्रतियोगी चलचित्रले सहभागिता जनाएका थिए । पचासभन्दा बढी विदेशी चलचित्रकर्मी नेपाल आएको महोत्सव आयोजक समितिले जानकारी दिएको थियो ।

२३ Mar २०२३ , ७:२०pm
हाम्रो आवाज