
माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरि
१२ चैत, बाँके - नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्य मन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले जानकारी दिएका छ्न ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।
माओवादी सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने आवश्यकता रहेको छ् ।