नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
नेकपा (एस) उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने

नेकपा (एस) उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने

काठमाडौँ, १५ चैत । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको  नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिनुभयो । उहाँकानुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले
अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ ।  

यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम छनोट गर्न गठित कार्यदलले सम्पूर्ण कार्य सम्पन्न गरेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेश गरिएको थियो । पार्टी अध्यक्ष नेपालले सरकारमा पार्टीको संलग्नताका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै साँझ छलफल गर्ने जनाइएको छ ।  
 

२९ Mar २०२३ , ६:५७pm
हाम्रो आवाज