नेपाली समय:

वि.सं २०८१ बैशाख ७   शुक्रवार

EnglishEN
सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा

सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा

काठमाडौँ, १५ चैत । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ । बुधबार अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।

सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको एक नेताले बताए ।

२९ Mar २०२३ , ७:०२pm
हाम्रो आवाज