नेपाली समय:

वि.सं २०८१ बैशाख १४   शुक्रवार

EnglishEN
सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

सकियो ‘बुद्ध थिएटर फेस्टिभल’

काठमाडौँ, १८ चैत । काठमाडौँमा जारी ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण सम्पन्न भएको छ । 

यही चैत १३ गतेदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचाँै दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो । नृत्य नाटिका ‘चण्डालीका’ मञ्चन गर्दै सुरू गरिएको महोत्सवमा ‘चक्षु’सहित बुद्धसम्बन्धी छ नाटक मञ्चन गरिएको थियो । 

शुक्रबार आयोजित समापन समारोहमा बुद्ध थिएटर फेस्टिभलका निर्देशक पुष्कर गुरुङ, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलगायत उपस्थित हुनुहुन्थ्यो । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रङ्गमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले सुरु भएको महोत्सव सफलतापूर्वक सम्पन्न भएको निर्देशक गुरुङले बताउनुभयो । 

“आगामी दिनमा बुद्ध महोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनामा छौँ, तीन वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवले बुद्धलाई नजिकबाट अहिलेका पुस्तामा चिनाउने काम ग¥यो भन्नेमा विश्वस्त छौँ”, निर्देशक गुरुङले भन्नुभयो । 

१ Apr २०२३ , १:२२pm
हाम्रो आवाज