नेपाली समय:

वि.सं २०८० चैत्र १६   शुक्रवार

EnglishEN
उपनिर्वाचनका लागि रास्वपाले दियो ३ जनालाई टिकट

उपनिर्वाचनका लागि रास्वपाले दियो ३ जनालाई टिकट

काठमाडौँ, १८ चैत । आसन्न प्रतिनिधिसभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले ३ जनालाई  सार्वजनिक रुपमा टिकट वितरण गरेको छ ।  पार्टी कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर चितवनमा २ का लागि रवि लामिछाने, बारा २ का लागि रमेश खरेल र तनहुँ १ का लागि स्वर्णिम वाग्लेलाई पार्टीको तर्फबाट उम्मेदवारको टिकट दिइएको हो । सो अवसरमा बोल्दै पार्टी सभापति रवि लामिछानेले रमेश खरेल र स्वर्णिम वाग्लेजस्ता व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा अटाउनु गौरवको कुरा भएको बताए ।

उनले भने– ‘यो देशमा अरु पनि कैयौँ रमेश खरेल र स्वर्णिम वाग्लेहरु छन् जसले यो देशमा बसेर सेवा गर्न पाएका छैनन् । उहाँहरुले आफ्नो अभिव्यक्तिमा भन्नुभएको छ, स्वंयसेवको रुपमा भएपनि कुनै पैसा नलिई काम गर्छु भन्दा पनि बञ्चित गराएको तितो अनुभव उहाँहरुले सुनाउनुभएको छ । यस्ता विज्ञ, अनुभवी र क्षमता प्रमाणित भइसकेका व्यक्तिहरुले चित्त दुखाउनु, मनमनै आँशु झार्नु भनेको यो माटोको लागि शुभसंकेत हैन । यसकारण ती आँशुहरु भुँइमा नझरुन भन्नका लागि हामीले यो पार्टी बनाएका हौँ । उहाँहरु जस्ता धर्तीपूत्रलाई यस पार्टीमा स्वागत गर्न पाउँदा गौरवान्वित भएका छौँ ।’ 

उनले संसदमा नीति निर्माणको ठाउँमा वाग्ले र खरेल जस्ता ब्यक्तिहरु उभिँदा संसदले पनि आफ्नो गरिमा बढाउने उल्लेख गरे ।

१ Apr २०२३ , ५:०८pm
हाम्रो आवाज